arrow
ADVERTISEMENT

अवैध रूपमा बस्ने चिनियाँ महिला पक्राउ

logo
एजेन्सी,
प्रकाशित २०७९ साउन ९ सोमबार
himachal-province-taxi.jpg

भारत। हिमाचल प्रदेशको जनजातीय जिल्ला लाहौल स्पीतिमा स्थानीय प्रहरीले एक चिनियाँ महिलालाई विदेशी अधिनियम अन्तर्गत पक्राउ गरेको छ। सो महिला अवैध रूपमा भारतमा लामो समयदेखि बसिरहेकी थिइन्।

पुलिसले चेक पोस्ट दारचामा लेहतर्फ गइरहेको एउटा ट्याक्सी ड्युटीमा खटिएका पुलिस अधिकारीले उक्त वाहनको छानबिन गर्दा एक जना विदेशी महिला पनि रहेको पता लाग्यो। उनको पासपोर्ट र भारतीय भिसा जॉंच गर्दा उनी चिनियाँ नागरिक भएको प्रहरीले थाहा पायो।

भारतमा बस्ने उनको भिसा समाप्त भइसकेको थियो र लगभग दुई वर्षदेखि भारतमा भिसा बिनै बसिरहेकी थिइन्। केलांग पुलिसले सो महिला विरुद्ध विदेशी अधिनियम अन्तर्गत मामिला दर्ता गरेर अदालतमा पेस गरेपछि उनलाई ६ अगस्तसम्म न्यायिक हिरासतमा पठाइएको छ। भारतमा समय-समय अवैध रूपमा बस्ने चिनियाँ नागरिकहरू पक्राउ परिरहेको हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ