arrow

डुम्रे-बेँशीसहर सडक फेरि अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
pahiro-dumre-besisahar.jpg

लमजुङ । लमजुङ-तनहुँ जोड्ने डुम्रे-बेँशीसहर सडक पहिरोले फेरि अवरुद्ध बनाएको छ । आज साँझदेखि परेको अविरल वर्षाले यस सडकअन्तर्गत बेँशीसहर नगरपालिका वडा नं. १ देउराली डाँडामा पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले बताए । 

उनका अनुसार वैकल्पिक सडकका रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बन्दा काठमाडौँ, पोखरा, चितवन लगायतबाट वेशीसहर आउँदै गरेका सवारी साधनका यात्रु अलपत्र परेका छन् । पानी परिरहेकाले पहिरो झरिरहेको छ । 

करिब तीन घण्टादेखि अविरल वर्षा भइरहेकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेमा सडक कटान गर्ने उच्च जोखिमसमेत रहेको छ । ४२ किलोमिटरको यस सडकमा वर्खायाममा सवारी साधन तथा यात्रुहरुलाई निकै समस्या भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ