arrow

निओममा एक सय २० किलोमिटर लामा दुई गगनचुम्बी भवन बनाउँदै साउदी, योजना एक ट्रिलियन डलरको

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
Mirror-Line-saudi.jpg

काठमाडौं । साउदी अरेबियाले देशको उत्तरपश्चिममा विश्वको सबैभन्दा ठूलो संरचना निर्माण गर्ने महत्वाकांक्षी योजना बाहिरिएको छ । द वाल स्ट्रिट जर्नल (डब्ल्यूएसजे)ले पाएको सयौं पेजको गोप्य योजनाका कागजातले यो संरचनाको खुलासा गरेको हो ।

मिरर लाइनको रूपमा चिनिने संरचनामा ४८८ मिटर उचाइका दुईवटा ग्लास रिफ्लेक्टिभ भवन बन्ने छन् । लाल सागरको तट, पहाड र मरुभूमिमालाई छुने यी भवनको लम्बाई १२० किलोमिटर हुनेछ ।

दुई भवनहरू पैदल मार्गहरू मार्फत जोडिनेछन् । र तिनीहरूको (जमीन) मुनि एक तीव्र गतिको ट्रेन चल्नेछ। जुन ट्रेनले २० मिनेटमा एक अन्तदेखि अर्काे अन्तसम्मको यात्रा गर्नसक्नेछ । 

यो संरचना पूरा हुन १ ट्रिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । यी लामा गगनचुम्बी भवन ५० लाख मानिसको बसोबास हुने क्षमताका हुनेछन् ।

फेला परेका कागजातहरू सन् २०२१ का हुन् । यस संरचनाकै बीचमा एकीकृत रुपमा ठाडो खेती गर्न सकिने, याचका लागि मरीना र जमीनभन्दा ३०५ मिटर उचाइमा खेलकुद स्टेडियम बन्नेलगायतको अवधारणाका डिजाइनहरू समावेश छन् ।

यो संरचना साउदीका क्राउन प्रिन्स र डिफेक्टो शासक मोहम्मद बिन सलमानको निओम नामक शून्य कार्बन स्मार्ट सिटी प्रोजेक्टको मुख्य केन्द्रबिन्दु हो । यसलाई निर्माण गर्न थप ५०० बिलियन अमेरिकी डलर खर्च हुनेछ र यो अमेरिकी राज्य म्यासाचुसेट्सकै आकारको हुनेछ ।

निओम स्मार्ट सिटी साउदी अरेबियाको सार्वभौम धन कोषको स्वामित्वमा छ र यो साउदी भिजन २०३० भनिने ढाँचाको हिस्सा हो । यो योजनाले साउदी अरेबियाको अर्थतन्त्रमा विविधता ल्याउने र तेलमाथिको निर्भरता घटाउने उद्देश्य राखेको छ ।

निओम निर्माण गर्ने अन्तिम मिति २०३० भनिए पनि जर्नलले रिपोर्ट गरेको कि योजना विभिन्न चरणमा बनाउँदै लगिने छ र यो पूरै सम्पन्न हुन ५० वर्ष लाग्न सक्छ ।

मिरर लाइनको प्रारम्भिक डिजाइन अमेरिका आधारित मोर्फोसिस आर्किटेक्ट्सद्वारा गरिएको हो । यसका संस्थापक प्रिट्जकर आर्किटेक्चर पुरस्कार विजेता थोम मेने हुन् र यसमा कम्तीमा नौ जना अन्य डिजाइन र इन्जिनियरिङ सल्लाहकारहरू समावेश छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ