arrow
ADVERTISEMENT

श्रीलंकाका प्रवक्ताले भने- पूर्वप्रधानमन्त्री राजापाक्षे लुकेर बसेका छैनन्, चाँडै फर्किदैछन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
gotabaya-rajapaksa.jpg

काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे खाद्यान्न र इन्धनको अभावलाई लिएर व्यापक जनआन्दोलन भइरहेका बेला देश छोडेर भागेका छन् । हाल सिंगापुरमा रहेका राजापाक्षे लुकेर नबसेको र छिट्टै देश फर्किने तयारीमा रहेको श्रीलंकाको मन्त्रिपरिषद्का प्रवक्ताले बताएका छन् ।

डेली मिररसँगको अन्तर्वार्तामा बन्दुला गुणवर्द्धनाले सिंगापुरको भ्रमण 'व्यक्तिगत कारणले' भएको र आफूलाई 'ठ्याक्कै मितिबारे जानकारी नभएको' भए पनि राजापाक्षे त्यहाँ अनिश्चित कालका लागि नबस्ने स्पष्ट पारेका छन् । उनले भ्रमणका लागि आवश्यक सबै प्रक्रिया अपनाएको समेत बताएका छन् ।

टापु राष्ट्रले अहिलेसम्मकै ठूलो मुद्रास्फीतिको अनुभव गरिरहेको छ र यो श्रीलंकाको इतिहासमा सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा ठूलो आर्थिक संकट हो।

देशभरि व्यापक विरोध प्रदर्शन पछि राजापाक्षे जुलाई १२ मा सिंगापुर भागेका थिउ र भोलिपल्ट उनले आधिकारिक रूपमा राजीनामा बुझाएका थिए। 

उनको उत्तराधिकारी पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकामा अर्को चुनावपछि निर्वाचित भएका थिए।

राजापाक्षेले आफ्नो सिङ्गापुर भ्रमण पूर्ण रूपमा व्यक्तिगत भएको बताउँदै आए पनि सिंगापुरको विदेश मन्त्रालयका प्रवक्ताले पनि उनले शरणका लागि आवेदन नगरेको पुष्टि गरेका छन्।

'उनले (राजपाक्षे) शरण मागेका छैनन् र न त उनलाई कुनै शरण दिइएको छ। सिंगापुरले सामान्यतया शरणका लागि अनुरोधहरू स्वीकार गर्दैन', प्रवक्ताले भनेको रोयटर्सले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ