arrow

पोखरामा भीरबाट लडेर सिंहको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
death photo.jpg

पोखरा । पोखरा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १७ का ५० वर्षीय मंगल सिंह रहेका छन् । 

कास्की प्रहरीका अनुसार आज बिहान ११ः३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भीरबाट लडेर गम्भीर घाइते भएका थिए । 

उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुयाएको थियो । सिंहको उपचारकै क्रममा १२ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको कास्की प्रहरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ