arrow

यस्तो छ स्थानीय तह निर्वाचन २०७९ को अन्तिम नालीबेली [पूर्णपाठसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
local-level-election-everytime1.jpg

काठमाडौं । निर्वाचन आयोगले ३० बैशाखमा भएको स्थानीय तह निर्वाचन पूर्णरुपले सम्पन्न भएको जनाएको छ । गत साउन ८ गते आइतबार बाजुरा जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएसँगै पहिलो पटक एकैचरणमा भएको निर्वाचन पूर्णरुपले सम्पन्न भएको आयोगले जनाएको छ । 

आयोगले यससँगै सम्पूर्ण तथ्यगत विवरणसमेत सार्वजनिक गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले सम्पूर्ण विवरण दिएको हो । आयोगले १५ पृष्ठ लामो प्रेस विज्ञप्ति जारी गरी मतदाता संख्यादेखि लिएर दलहरुले प्राप्त गरेको मतसमेत गरी पूर्ण विवरण दिएको छ । 

आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै दलहरूले वडामा पाएको मतका आधारमा मतसमेत सार्वजनिक गरेको हो । सार्वजनिक मत विवरणमा आयोगले नेपाली कांग्रेसले एमालेभन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको आयोगले जनाएको छ ।  त्यसैगरी,  नेकपा एमाले कुल मतको ३३‍.३ प्रतिशतसहित दोस्रो स्थानमा छ ।

आयोगको विवरण अनुसार कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । कांग्रेसले पाएको मत ३४‍.२८ र एमाालेले पाएको मत ३३.०३ प्रतिशत रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ । जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ ।

माओवादी केन्द्र १३.०३, जसपाले ५, एकीकृत समाजवादीले ३.६६ र राप्रपाले ३.१६ प्रतिशत मत पाएका आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ