arrow

सबैभन्दा बढी वर्षा काठमाडौंमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
raining.jpeg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै देशका अधिकांश स्थानमा वर्षा हुनेछ । धेरैजसोमा भारी वर्षा नै हुने महाशाखाले पूर्वानुमान गरेको छ । 

मंगलबार पनि भारी वर्षा नै भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा काठमाडौं उपत्यकामा भएको छ । रातभर र बुधबार बिहान पनि वर्षा भएकाे छ । महाशाखाले बिहान ८ः४५ बजे गरेको अपडेटअनुसार काठमाडौंमा ५५ मिलिमिटर वर्षा भएको छ । 

त्यस्तै पोखरामा ५१.१, ओखलढुङ्गामा ३५.२, धनगढीमा ३२.६, ताप्लेजुङमा २५.५, विराटनगरमा २०.४, धनकुटामा १८.३ मिलिमिटर वर्षा भएको छ । 

नेपालगञ्जमा १६.४, जनकपुरमा १२.२, भैरहवामा ९.५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम दिपायलमा ०.१ तथा जुम्लामा ०.२ मिलिमिटर वर्षा भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ