कोरोनाको गति तीव्र, एकैदिन पाँच सय ६४ संक्रमित थपिए, एकको मृत्यु, सक्रिय चार हजार
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
635
Shares
काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर कोरोना भाइरसका ५६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।
बितेको चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना भाइरस संक्रमित २०२ जना निको भएका छन् । हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको मन्त्रालयले जनाएको छ ।