arrow

‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
nabil-logo-3D.jpg

काठमाडौँ। ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैङ्कले दोस्रो ब्याचका लागि आवेदन खुला गरेको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैङ्कको विश्वास छ।

कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायतका क्षेत्रमा नवीनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्। सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ। साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ। तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरूलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ।

आर्थिक सामाजिक रूपान्तरणलाई बढवा दिनका लागि सुरु गरिएको यस फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो। विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानुनी तथा कर सम्बन्धीका ज्ञान, व्यवसायको ब्राण्डिङ्ग, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए। विभिन्न अन्तरक्रिया कार्यक्रम तथा प्रक्रियाहरूद्वारा सहभागीहरूलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो। आवेदनको अन्तिम दिन बैङ्कले भदौ २० तोकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ