arrow

सवारी कर र जरिवाना व्यवस्था संशोधनको मागसहित मन्त्रीलाई ज्ञापनपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
Kumar khadka.jpg

पोखरा । नेपाल चेम्बर्स अफ कमर्स गण्डकीले गण्डकी प्रदेशका भौतिक, पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई ज्ञापनपत्र बुझाएको छ ।

यातायात व्यवस्थाले सवारी साधनको नवीकरण र जरिवानाबापत चर्काे शुल्क लिइएको भन्दै संशोधनको मागसहित आज मन्त्री खड्कालाई चेम्बर्स अफ गण्डकीका अध्यक्ष किसान सुनार नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

आर्थिक ऐनमा स्पष्ट व्यवस्था उल्लेख नगरिकन चर्काे शुल्क असुल्ने निर्णय नागरिकको हितविपरित भएको भन्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष सुनारले बताए । सो व्यवस्था संशोधन हुने विश्वास व्यक्त गर्दै उनले नागरिक र सेवाग्राहीको हितविपरित गरिएको निर्णय सच्याइनुपर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले सो व्यवस्था संशोधनका लागि पत्राचार गरिसकेको बताउँदै मन्त्रिपरिषद्को बैठकबाट संशोधन गरिने धारणा राखे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ