arrow

पाँच राजदूतको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
President-Bidhya-bhandari.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । 

शपथ लिनुहुनेमा डा दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ (गणतन्त्र दक्षिण अफ्रिका), डा शर्मिला पराजुली (ढकाल) (स्पेन), मिलनराज तुलाधार (रुसी महासङ्घ) र प्रा डा राम स्वार्थ राय (डेनमार्क) का लागि राजदूत रहेका छन् । 

सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ