arrow

राजाले चढेका तीन गाडी प्रदर्शनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
king-car.jpg

काठमाडौं । राजाहरूले प्रयोग गरेका पुराना गाडीहरू अब सर्वसाधारणहरूले अवलोकन गर्न पाउने भएका छन् । 

नारायणहिटी दरबारमा रहेका ऐतिहासिक गाडीहरू प्रदर्शनमा राखिएको छ । पूर्व राज परिवारले प्रयोग गरेका तीन वटा गाडीहरू फोर्ड, १९६३ को एउटा र अर्को अझै पुरानो गाडी सर्वसाधारणको अवलोकनको लागि खुल्ला गरिएको छ ।  

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्व राज परिवारले प्रयोग गरेका सबै सामान व्यवस्थित रूपमा सबैको लागि खुल्ला गर्दै जाने र यो सङ्ग्रहालयलाई अझ व्यवस्थित गर्दै जाने बताए । 

स्व.राजा त्रिभुवनले प्रयोग गरेको फोर्ड कम्पनी क्यानडाद्वारा निर्मित काठको क्यारियर भएको पिक अप ट्रक, फोर्ड कम्पनीद्वारा निर्मित फोर्ड इन्टरन्याशनल फ्याङ्ली कार (बा.अ. २), अस्टिन प्रिन्सेस लक्जरी कार, १९६३ मा उल्लेख भए अनुसार यो कार स्व.राजा महेन्द्रले प्रयोग गरेका थिए । यही मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारहरूले बताएका छन् ।

यी तीनै वटा गाडीहरू जीर्ण अवस्थामा रहेको र त्यसको रङ्ग रोगन गरि प्रदर्शनमा राखेको सूचना अधिकृत बुद्धि गुरुङले बताए । 

वि.सं. २०६५ सालमा १९ कक्षहरू तथा त्रिभुवन सदनका साथ खुलेको यस सङ्ग्रहालयले यहाँ भएका विभिन्न समयका भिन्न भिन्न किसिमका ऐतिहासिक बस्तुहरूको अध्ययन र अनुसन्धान गरि प्रदर्शन गर्दै जाने नीति अनुसार श्रीपेच लगायत ११ कक्षहरू, श्री – सदन, त्रिभुवन कार लगायत अरू कारहरू र बग्गी प्रदर्शन गर्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ