arrow
ADVERTISEMENT

श्रीलंका संकट : कहिले फर्केलान् राजापाक्षे ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
gotabaya-rajapaksa.jpg

काठमाडौं । श्रीलंका छोडेर सिंगापुर भागेका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे केही दिन त्यतै बस्ने भएका छन् । सेनाको विमानबाट माल्दिभ्स हुँदै गोटाबायाले त्यहाँबाट सिंगापुरमा पुगेका थिए । अब राजापाक्षे थप १४ दिन सिंगापुरमै बस्ने योजना बनाएका छन् । 

राजापाक्षेले आफ्नो सिंगापुर भ्रमण पूर्ण रूपमा व्यक्तिगत भएको बताउँदै आएका छन् । सिंगापुरको विदेश मन्त्रालयका प्रवक्ताले पनि उनले शरणका लागि आवेदन नगरेको पुष्टि गरेका छन्।

टापु राष्ट्रले अहिलेसम्मकै ठूलो मुद्रास्फीतिको अनुभव गरिरहेको छ र यो श्रीलंकाको इतिहासमा सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा ठूलो आर्थिक सङ्कट हो।

इन्धन, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको चरम अभाव भएपछि आन्दोलनमा उत्रेका सर्वसाधारणले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरेपछि देश छाडेर गएका राजापाक्षेले यसअघि पनि १४ दिन सिंगापुर बस्ने अनुमति लिएका थिए ।

उनलाई सिंगापुर सरकारले अतिथिको रूपमा आफ्नो देशभित्र बस्न अनुमति दिएको हो । श्रीलंका सरकारका प्रवक्ता बन्दुला गुनावार्डेनाले भने पूर्व राष्ट्रपति राजापाक्षे चाडै नै स्वदेश फर्किने अपेक्षा गरिएको बताएका छन् ।

हाल सिंगापुरमा रहेका राजापाक्षे लुकेर नबसेको र छिट्टै देश फर्किने तयारीमा रहेको श्रीलंकाको मन्त्रिपरिषद्का प्रवक्ताले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ