arrow

चिनियाँ अधिकारी फर्किएको १२ दिनपछि अमेरिकी मन्त्री साँझ काठमाडौं उत्रँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
donald-lu.jpg

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्। 

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेपाल भ्रमण गरेको १२ दिन पछि अमेरिकी सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणका क्रममा बिहीबार साँझ काठमाडौंमा उत्रँदै छन् ।

नेपालमा रहँदा लुले उच्च राजनीतिक भेटवार्ता गर्ने छन् । लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । 

सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि उनी नेपाल आउँदैछन् । सरकारले एसपीपीमा संलग्न नहुने निर्णय गरे पनि निर्णयको पत्र अमेरिकालाई अझै पठाइसकेको छैन ।  

सदनमा विरोध भएपछि मन्त्रिपरिषद् बैठकले ६ असारमा सो सम्झौता अस्वीकार गर्ने निर्णय गर्दै त्यसको जानकारीका लागि अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो । तर अध्ययनकै क्रममा रहेको भन्दै सरकारले अमेरिकालाई पत्र पठाएको छैन । 

उनी एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि गत वर्ष मङ्सिर १ मा नेपाल आएका थिए ।  उनको भ्रमणसँगै नेपालले एमसीसी सम्झौता अनुमोदन गरेको थियो । 

अर्को तर्फ प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै मिति तय भएको छैन । अमेरिकासँग भ्रमणको नयाँ मितिबारे छलफल चलिरहेको छ। 

असार २६ मा सीपीसीका विदेश विभाग प्रमुख लिउले चार दिने नेपाल भ्रमण गरेका थिए । 

चिनियाँ अधिकारीको भ्रमणको १२ दिन पछि शक्ति राष्ट्र अमेरिकाका अधिकारीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ