arrow

देशभर चार हजार भन्दा बढी कोरोना संक्रमित, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
corona-nepal-1618404789.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७१० जनामा कोरोना भाइरसको संक्रमण कोभिड१९ पुष्टि भएको छ । २५४१ पीसीआर र २४८४ एन्टीजेन विधिबाट गरी कुल ५ हजार २५ नुमना परीक्षण गर्दा पीसीआरबाट ५२४ र एन्टीजेनबाट १८६ गरी ७१० जना नयाँ संक्रमित थपिएका हुन्।

यसअवधिमा २२१५ जना संक्रमणमुक्त भएका छन् भने, थप २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३३ जना संक्रमितको आईसीयु र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।



नयाँ