arrow

डा बाबुरामले खोले नयाँ पार्टी, नाम नेपाल समाजवादी रहने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी जसपा छाडेका डा बाबुराम भट्टराईले नयाँ पार्टी खोलेका छन् । पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ ।

भट्टराई निकट एक नेताका अनुसार निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।

अद्यावधिक भएको पार्टी नै अब भट्टराईको नेतृत्वमा रहने बताइएको छ । केही दिनमै केन्द्रीय समिति पुनर्गठन गरी बाबुरामको नेतृत्वमा ल्याउने बताइएको छ । हाल नेपाल समाजवादी पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् ।

यसअघि लामो समय नेकपा माओवादी केन्द्रमा रहेका बाबुरामले पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध विच्छेद गरेर नयाँ शक्ति पार्टी गठन गरेका थिए । 

त्यसपछि उनले उपेन्द्र यादवसँग मिलेर जनता समाजवादी पार्टी जसपा गठन गरेका थिए । पार्टी अध्यक्ष उपेन्द्र थिए भने बाबुराम संघीय परिषदका अध्यक्ष भएका थिए । 

पछिल्लो समय सम्बन्ध चिसिएसँगै बाबुरामले पार्टी छाडेका हुन् । संघीय चुनाव आउँदै गर्दा उपेन्द्रले एमालेको फेरो समात्न खोजिरहेका छन् भने २०७४ सालको निर्वाचनमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ