arrow

यो वर्ष शून्य दशमलव एकबाट परीक्षणको २१ प्रतिशत पुग्यो कोरोनाको संक्रमण, सचेतना न्यून

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसकाे सङ्क्रमण दर तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

बिहीबार पाँच हजार २५ नमूनाको परीक्षण गर्दा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन १४ प्रतिशत बढी हो । तर दुई हजार ५४१ नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५२४ अर्थात् २०.६३ प्रतिशत संक्रमित पाइएका हुन् । यो अत्यन्त बढी हो । 

त्यस्तै दुई हजार ४८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो वर्ष शून्य दशमलव एकबाट परीक्षणको २१ प्रतिशत कोरोनाको संक्रमण पुगेकाे छ ।

बिहीबार २१५ सङ्क्रमणमुक्त भएका छन् । दुई जनाको मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म आधिकारिक रुपमा ११ हजार ९६२ जनाको ज्यान गइसकेको छ । 

सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ । हाल ३३ जनाको आईसीयूमा र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

बिहीबार ५९ हजार ४७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

कोरोनाको चौथो लहर देखिएको भए पनि सचेतना भने देखिँदैन । जताततै सचेतना न्यून देखिएको छ । मास्क लगाउन पनि नागरिकलाई सकस भएको पाइएको छ । 

भीडभाडमा कुनै रोकतोक छैन । कार्यालयहरुमा मास्क अनिवार्य गरिएको छैन । सवारी साधनमा समेत पनि कुनै अनिवार्य गरिएको छैन । यतिसम्मकि विमानमासमेत पनि अनिवार्य गरिएको छैन । जसका कारण कोरोनाको दर झन् बढ्ने देखिएको छ । 

विद्यालयहरुमा शिक्षकले नै मास्क नलगाइदिँदा विद्यार्थीमा मास्क नलगाउने क्रम बढ्दो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ