arrow

निर्वाचनको मिति घोषणा हुँदै, प्रचण्ड र गृहमन्त्री खाँणबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
prachanda-balkrishna-khand.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।

नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका छन् । 

देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए । तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिएका थिए । 

बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले प्रधानमन्त्री देउवालाई केही दिन पर्खन भनेको र चाँडै निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।

निर्वाचन आयोगले यसअघि नै मंसिर ४ को समय उपयुक्त हुने बताइसकेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि चाँडै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ