- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीरगञ्ज । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकर्ताबीच सिम्रौनगढ नगरपालिकामा झडप भएको छ ।
झडपमा प्रहरीसहित ९ जना घाइते भएका छन् ।
बाराको सिम्रौनगढमा शिक्षा र स्वास्थ्य शाखा प्रमुख हटाएपछि उपप्रमुख नजमु शेहरका श्रीमान् शेख मोतिम र वडा नं. ४ का अध्यक्ष अवधेश सहनी बीचको विवाद भएको थियो ।
विवाद चर्किँदै झडपमा परिणत हुँदा प्रहरीसहित ९ जना घाइते भएका हुन् ।
झडपलाई नियन्त्रणमा लिने प्रहरीले १५ सेल अश्रुग्याँस प्रहार गरेको छ ।