arrow

सरकारका निर्णयप्रति शंका नगर्न सांसदहरुलाई परराष्ट्र मन्त्री खड्काको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
narayan-khadka-parliament-2079-04-13.jpg

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले सरकारले गरेका निर्णयमा कुनै संसय व्यक्त नगर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले मन्त्रिपरिषदका निर्णयप्रति शंका ब्यक्त गर्दा राज्य संचालनमा अप्ठेरो पर्नेसमेत बताएका छन् । 

उनले भने, ‘राज्य संचालन गर्ने क्रममा कतिपय विषयहरु राज्यले एउटा निर्णय गर्ने, राष्ट्रहितमा निर्णय गर्ने कुरामा एउटा विश्वास गर्न खोजिन्छ । कार्यपालिकाको सर्वोच्च निकाय मन्त्रिपरिषद्को निर्णयलाई आशंका गर्न खोजिरहेका छौं । यसो गर्न खोजियो भने जनताले निर्वाचित गरेको सार्वभौमसत्ता सम्पन्न सरकारलाई सहजै अगाडि बढाउन सम्भव देखिँदैन । विश्वास गरियोस् ।’ 

मन्त्री खड्काले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा नेपाल सहभागी नहुनेबारे पठाएको पत्र सदनमा दिने कुरामा, समितिमा दिने कुरामा विश्वास कताकता ह्वासउन्मुख भएको हो कि । यसले भोलि राज्य व्यवस्था कता जाला भन्ने संसय राख्न चाहन्छु ।’ 

प्रधानसेनापति अष्ट्रेलियामा गएको बारेमा उनले रक्षा मन्त्रालयबाट नै स्पष्ट पार्न सकिने जनाए । त्यस्तै मन्त्री खड्काले मित्र राष्ट्रहरुका बीचमा भ्रमणहरु घनिभूत हुने भन्दै यसले देशहरुबीच सम्बन्ध प्रगाढ गराउन मद्धत गर्नेसमेत बताए । 

तर उनले अनावश्यक भ्रमणहरु गरिएकोबारेमासमेत स्मरण गरेका छन् । उनले भने, ‘धेरै कुरा कोट्याउन चाहन्न । नेपालका भ्रमण उच्चस्तरीय प्रशिक्षणका नाममा केपी ओलीका पालामा विदेश भ्रमणसमेत भएको थियो ।’

उनले यो सरकार कुनै पनि सैन्य गठबन्धनसँग नजोडिने प्रणसमेत गरेका छन् । त्यस्तै परराष्ट्र मन्त्री खड्काले भने, ‘हाम्रो राष्ट्रिय हित, स्वाभिमान, सीमाको रक्षा, आर्थिक सम्पन्नता यी हाम्रा आधारभूत सिद्धान्त हुन् । पञ्चशिलका सिद्धान्त हुन् । परराष्ट्र नीतिसम्बन्धी मार्गदर्शक हुन् । यी हाम्रो जस्तो देशका लागि आवश्यक छ । संयुक्त राष्ट्रसंघका बडापत्रलाई पालना गरौं र अन्य राष्ट्रलाई पनि पालनाका लागि आग्रह गरौं । यसका लागि सरकार सक्षम छ । सक्रिय छ । अगाडि बढिरहेको छ ।’ 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा २० जना सांसदहरुको प्रश्नलाई जवाफ दिने क्रममा मन्त्री खड्काले सो विचार व्यक्त गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ