arrow

भारतमा एकैदिन बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
corona-india-maharastra-2022.jpg

काठमाडौं । बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

यस समयमा २० हजार ४०९ थप  व्यक्तिमा कोरोना देखिएपछि  भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा  ७९ हजार सात सय ३० पुगेको छ ।  देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय सङ्क्रमित छन् । 

पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ । 

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ । 
महामारी शुरु भएयता ८७ करोड ४० लाखभन्दा बढीको परीक्षण गरिएको छ । 

सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ । –––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ