arrow

कोरोनाबाट नेपालमा दैनिक दुई जनाको मृत्यु, सक्रिय पुगे चौवालीस सय हाराहारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको चौथो लहरले दिनानुदिन संक्रमित बढिरहेका छन् । पीसीआर परीक्षणबाट मात्र पत्ता लागेका संक्रमित हाल ४ हजार ३५६ पुगिसकेका छन् । 

काठमाडौं उपत्यकामा त अचाक्ली नै बढेको छ । काठमाडौंमा २२९९ जना संक्रमित रहेका छन् । ललितपुरमा ४३९ जना तथा भक्तपुरमा ६८ जना संक्रमित रहेका छन् । 

पीसीआर परीक्षणबाट मात्रै शुक्रबार ३९१ संक्रमित थपिएका छन् । समग्रमा शुक्रबार ५७७ संक्रमित थपिएका छन् । मात्र २६९ संक्रमणमुक्त भएका छन् । 

२४७४ पीसीआर परीक्षणबाट ३९१ तथा १८०८ एन्टिजेन परीक्षणबाट १८६ संक्रमित पाइएका हुन् । पीसीआरबाट मात्रै १५.९ प्रतिशत संक्रमित पाइएका हुन् । 

हालका केही दिनदेखि निरन्तर दुई जनाको मृत्यु हुँदै आएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ९६२ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

अहिले १५६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ३३ जनाको आईसीयूमा तथा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 


 



नयाँ