arrow

कोरोना बढेपछि सीमानाकामा हजार जना अट्ने क्षमताको होल्डिङ सेन्टर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
corona-holding-centre-birjung.jpg

वीरगञ्ज । कोरोना भाइरसको महामारी बढेसँगै सीमा क्षेत्रमा खतरा भएको छ । भारतमा अहिले दैनिक कम्तीमा २० हजारको संख्यामा संक्रमित देखिन थालेका छन् । त्यतिमात्र हैन मृत्यु पनि बढ्दो क्रममा छ । 

भारतबाट आउने धेरै जनामा कोरोनाको संक्रमण पाइएपछि अहिले सीमानाकामा सचेतना अपनाउन थालिएको छ । नेपालमा चौथो लहर देखा परिसकेको विज्ञहरुले बताएका छन् । त्यसैले पनि सचेत हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । 

सो क्रममा पर्साको वीरगञ्जमा करिब एक हजार जना  क्षमताको ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ । कोरोनाको संक्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेहरुलाई ‘क्वारेन्टिन’ मा राख्न सरकारले वीरगञ्ज नाकामा एक हजार जना बस्न सक्ने क्षमताको होल्डिङ सेन्टरको निर्माण कार्य गत वर्ष नै अगाडि बढाएको थियो । 



नयाँ