arrow

नल र दमयन्तीको पूर्वजन्म

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
trishul-shiva.png

काठमाडौं । आबू पर्वत नजिक एक आहक नामका भील बस्थे। उनकी पत्नीको नाम आहुजा थियो। उनी पतिव्रता तथा धर्मशील थिइन्। दम्पती निकै शिवभक्त एवं अतिथि सेवक थिए। एक पटक भगवान् शंकरले दुवैको परीक्षा लिने विचार गर्नुभयो।

उहाँ एक यतिको रूप धारण गरेर सन्ध्या-समय आहुकको ढोकामा पुगेर भन्न थाल्नुभयो -'भील! तिम्रो कल्याण होस, म आज रातभर यही रहन चाहन्छु, तिमि दया गरेर एक रात मलाई बस्नको लागि स्थान देऊ।'  

कुरा सुनेर भीलले भने -'स्वामीन्! मसँग स्थान साह्रै कम छ, त्यसमा तपाई कसरी रहन सक्नुहुन्छ ?' यो सुनेर शङ्कर रुपी यति हिँड्नै लागेका थिए पत्नीले पतिसँग भनिन्-'स्वामिन्! यतिलाई नफर्काउनुहोस्, गृहस्थ धर्मलाई विचार गर्नुहोस्। तपाई दुवै घर भित्र बस्नुस्, म आफ्नो रक्षाको लागि ठूला शस्त्रहरूलाई लिएर ढोकामा बस्छु ।' भीलले सोचे कुरा त ठिकै हो, तर पत्नीलाई बाहिर राखेर म घर भित्र बस्नु उचित हैन; किनकि यी अबला हुन्।

अतः उनले यति तथा आफ्नो पत्नीलाई घर भित्र राखे र स्वयं शस्त्र धारण गरेर बाहिर बसे । रात बित्दै जाँदा उनी माथि हिंस्रक पशुहरूले आक्रमण गरे र उनलाई मारे। 

प्रातः भएपछि जब यति र उनकी पत्नी बाहिर आए तब उनलाई मृत पाए । यो देखेर यति धेरै दुःखी भए। तर भिलनीले भनिन् - 'महाराज! यसमा शोक तथा चिन्ताको के कुरा छ ? यस्तो मृत्यु त धेरै भाग्यमानीलाई मात्र प्राप्त हुन्छ । अब म यसै शवको साथ सती हुँदै छु । यसमा त हामी दुवैको नै परम कल्याण भएको छ ।' यो भनेर चितामा आफ्नो पतिलाई राखेर उनी पनि अग्निमा प्रविष्ट भइन्।

तब भगवान् शङ्कर डमरु-त्रिशूल आदि आयुधोंसँग प्रकट हुनुभयो । उहाँले पटक पटक भिलनीसँग वर माग्नलाई भन्नुभयो तर भिलनी केहि नबोली सर्वथा ध्यानमग्न भइरहिन्।

 तब भगवानले उनलाई वरदान दिनुभयो  'आगामी जन्ममा तिम्रो पति निषधदेशमा राजा वीरसेनका पुत्र नल हुनेछन् र तिम्रो जन्म विदर्भदेशको राजा भिमसेनकी पुत्री दमयन्तीको रूपमा हुनेछ। यो यति पनि हंस हुनेछ र यही तिमि दुवैलाई संयोग गर्नेछ। त्यहाँ तिमिहरू अनन्त राज सुखलाई उपभोग गर्दै अन्तमा दुर्लभ मोक्ष पदलाई प्राप्त गर्नेछौ ।'

यो भनेर प्रभु शङ्कर त्यही अचलेश्वर लिङ्गको रूपमा स्थित हुनुभयो र कालान्तरमा यी नै दुई भील-दम्पति नल- दमयन्तीको रूपमा अवतीर्ण भए। (शिवपुराण)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ