arrow

पहिलो वनस्पतिशास्त्री पाण्डेको नाममा खोलिएको फाउण्डेशनबाट नयाँ समिति चयन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
pratham-botanist-prayagraj.jpg

काठमाडौं । नेपालको वनस्पति क्षेत्रको संस्थागत विकासका लागि झण्डै छ वर्षअघि स्थापित तथा प्रवर्धित नेपालका प्रथम बोटानिष्ट प्रयागराज पाण्डे फाउण्डेशनको पाँचौं वार्षिक साधारण सभाले सन् २०२२—२०२३ का लागि रसायनशास्त्रविद् धर्मात्मालाल श्रीवास्तवको अध्यक्षतामा १२ सदस्यीय कार्यकारी समिति चयन गरेको छ । 

बाँकी दुई महिला सदस्य नियुक्त हुन बाँकी रहेको र अध्यक्षको चयनमा बाँकी एक जना मनोनित भएपछि कूल १५ जना पदाधिकारी कायम हुनेछन् ।

सबै पदाधिकारीको कार्यकाल एक वर्ष हुने सो समितिका निर्वाचित अन्य पदाधिकारीहरुमध्ये सहअध्यक्षमा वनस्पतिविद् हरिकृष्ण सैंजू, प्रथम उपाध्यक्षमा वनस्पतिविद् डा महेन्द्रनाथ सुवेदी, द्धितीय उपाध्यक्षमा हवाई उड्डयन विज्ञ, डा लक्ष्मी पराजुली, तृतीय उपाध्यक्षमा अंग्रेजी भाषाविद् शान्ता उपाध्याय, महासचिवमा उद्यमी तथा व्यवसायी स्वयंभुरत्न तुलाधर, सचिवमा वनस्पतिविद् लोकनाथ पाठक रहेका छन् । 

उक्त समितिका कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः औषधिविज्ञ नवीनकुमार श्रेष्ठ र वनस्पतिविद् हरिकृष्ण क्षेत्री निर्वाचित भएका छन् । 

यस्तै सदस्यहरुमा वातावरणविद् बटुकृष्ण उप्रेती, निर्माण व्यवसायी जगदिश्वरलाल जोशी र मार्केटिङ लेक्चरर सुभेच्छा न्यौपाने रहेका छन् । 

सो समारोहमा हरिकृष्ण सैंजूले स्वागत भाषण, वार्षिक प्रतिवेदन र  कार्यक्रम, डा. महेन्द्रनाथ सुवेदीले आर्थिक प्रतिवेदन तथा वार्षिक बजेट, धर्मात्मालाल श्रीवास्तवले फाउण्डेशनको व्यवस्थापकीय प्रस्ताव प्रस्तुत गरेका थिए । 

पूर्व प्राध्यापक एवं राजदूत डा. मोहनप्रसाद लोहनीले कोरोना कहरबीच पनि फाउण्डेशनको उद्धेश्य परिपूर्तिमा भर्चुअल माध्यमबाट समेत विभिन्न क्रियाशील कार्यहरु सम्पन्न गरेकोमा निवर्तमान अध्यक्ष डा. पुष्पमान अमात्यको समूहलाई धन्यवाद ज्ञापन गरे । 

फाउण्डेशनका निवर्तमान अध्यक्षद्धय पुष्पमान अमात्य र बिमलराज पाण्डे, संस्थापक अध्यक्ष मधुसुदन बिष्टले पाँच वर्षको अवधिमा संस्थाले गरेका विभिन्न गतिविधिमाथि प्रकाश पारेका थिए । 



नयाँ