- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसका छ सय २० संक्रमित थपिएका छन् । आइतबार पीसीआरबाट ४९६ तथा एन्टिजेनबाट १२४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । आज केबल २९७ जनामात्र कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमित बढेर ४ हजार ५६७ पुगेका छन् ।
संक्रमण दर भने निकै उच्च रहेको छ । पीसीआरबाट १८.७१ प्रतिशतमा संक्रमण पाइएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान जानेको संख्या आधिकारिक रुपमा ११ हजार ९६७ पुगेको छ ।
सक्रिय संक्रमिमत काठमाडौंमा तीव्र गतिले बढेका छन् । अहिले काठमाडौंमा सक्रियको संख्या २ हजार ६०५ पुगेको छ ।
त्यस्तै ललितपुरमा ५०५ तथा भक्तपुरमा ३७ जना रहेका छन् । अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि बढ्दै गएको छ ।
३३ जनाको आईसीयूमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय कोरोनाको चौथो लहर तीव्र रुपमा फैलिइरहेको छ । सावधानी भने कमैमात्र अपनाइएको छ ।