arrow

पोखरामा सवारी दुर्घटना, एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
Accident-sign.jpg

पोखरा । पोखरामा आइतबार साँझ सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा-२५ हेमजामा नेपाली सवार ग१७प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । 

प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार दुर्घटना पश्चात् मोटरसाइकलमा अचानक आगलागी भएको थियो । सो आगलागीमा परी नेपाली चलेका थिए । उनलाई तत्कालै उद्धार गरि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लागिएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी तिवारीले बताए ।

सो दुर्घटनामा ट्रकधनी हेमजाका ४१ वर्षीय क्षेत्रबहादुर कुँवरसमेत आगो निभाउने क्रममा जलेर घाइते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ । ट्रक र चालक पोखरा-२५, लाम्पाटाका २४ वर्षका किरण बुढा मगर प्रहरी नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ