arrow

बेसीँशहर-चामे सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
manang-road.jpg

मनाङ । निरन्तरको वर्षासँगै आइतबार रातिदेखि आएको बाढीपहिराले सडक बगाएपछि हिमाली जिल्ला मनाङको एक मात्र सडक अवरुद्ध भएको छ । पहिराले सडक बगाएपछि मनाङ प्रवेश गर्ने मेरुदण्डको बेसीँशहर-चामे सडक अवरुद्ध भएको छ । 

बाढीपहिराले लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ४ रामबजारस्थित घोप्टेभिर र मनाङको कोतोमा क्षति भएपछि बेसीँशहर-चामे सडक अवरुद्ध भएको डुम्रे-बेसीँशहर-चामे सडक योजना कार्यालयका सवइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार मस्र्याङ्दीको रामबजार, घोप्टेभिर र कोतोमा पहिराले सडक बगाएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

सडक बगाएपछि चामेको कोतोमा मानिस वारपार गर्न समस्या भएको उनले बताए । खोल्सीको बाढीले कोतोमा २० मिटरजति सडक बगाएको अधिकारीले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सदरमुकाम चामे नजिकै खोल्सीमा आएको बाढीले कोतोको सडक बगाएको बताए । आचार्यले सडक खुलाउनका लागि काम भइरहेको छ । लगातार वर्षा भइरहेकाले सचेत रहन जिल्लावासीलाई आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ