arrow

पर्वत बारको अध्यक्षमा दिलिप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
Dilipraj poudel.jpg

पर्वत । नेपाल बार एशोसिएशन पर्वत बार इकाइको अध्यक्षमा दिलिपराज पौडेल निर्वाचित भएका छन् ।

संस्थाको १८ औं जिल्ला अधिवेशनबाट पौडेल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

संस्थाको उपाध्यक्षमा हरिनारायण रेग्मी, सचिवमा पुण्यप्रसाद सुवेदी, कोषाध्यक्षमा डिल्लिराम पौडेल रहेका ।

यसैगरी कार्यसमिति सदस्यहरुमा राजेन्द्रप्रसाद भुसाल, विश्वराज पाण्डे, जगदिश पौडेल, तेजराज चापागाई र यज्ञबहादुर थापा छन् ।

अधिवेशनले संस्थापक अध्यक्ष डम्मरु शर्मासहित पूर्व अध्यक्ष भोलानाथ शर्मा, विश्वप्रकाश प्रसाई र निवर्तमान अध्यक्ष चन्द्रबहादुर क्षेत्रीलाई केन्द्रीय पार्षदमा चयन गरेको छ । 

यस्तै, पर्वत बार इकाईकोतर्फबाट मानवअधिकार तथा जनसरोकार समितिको संयोजकमा जगदिश पौडेललाई चयन गर्ने निर्णयसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ