arrow

गोरखा-आँबुखैरेनी सडक खण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
pahiro-helambu-highway.jpg

गोरखा । लगातारको वर्षाका कारण गएको पहिरोले आज मध्यान्हदेखि गोरखा-आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गोरखा नगरपालिका-१४ स्थित तीनकिलो नजिकै घुम्तीमा माथिबाट सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए । 

“माथिबाट पहिरो खसेर दुईतर्फ नै सडक अवरुद्ध भएको छ”, उनले भने, “पहिरो पन्छाउन प्रयास भइरहेको भए पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको छ ।”

पहिरोसँगै ठूलो रुखसमेत खस्ने अवस्थामा रहेकाले पन्छ्याउन जोखिम रहेको खनालले जानकारी दिए ।
 
गत वर्ष पनि सोही ठाउँमा पहिरो खस्ने गरेको थियो । पहिरोका कारण गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधान रोकिएको खनालले बताए ।

अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा काम भइरहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ