- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले सरकारले प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताएका छन् । आचार्यले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्नेसमेत जनाएका छन् ।
‘प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्देन ।’
संसद नै नरहेपछि सांसद समेत नरहने उनले बताएका छन् । ‘स्थापित मान्यताको कदर गरौ,अति नगरौं,’ उनले लेखेका छन् ।
संसद के गर्ने भन्ने बारेमा छलफल चलिरहेको सभामुख अग्निप्रसाद सापकोटाले गत हप्ता सार्वजनिक कार्यक्रममा बताएका थिए । सो विषयमा संविधानविद् आचार्यले स्पष्ट पारेका हुन् ।