arrow

रुस, इरान र उत्तर कोरियाद्वारा पेलोसीको ताइवान भ्रमणको निन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
nancy-pelosi-taiwan-2022.jpg

काठमाडौं । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको निन्दा गरेका छन् । उनले पेलोसीको ताइवान भ्रमण चीनलाई रिस उठाउने अमेरिकाको जानाजान प्रयास भएको बताएका छन् ।

'म यस्तो रिस उठाउनुको अरू कुनै कारण देख्दिन,' लाभरोभले म्यान्मार भ्रमणको क्रममा भनेका छन्, 'जन गणतन्त्र चीनको लागि यसको अर्थ के हो भनेर मलाई राम्ररी थाहा छ', उनले अघि भनेका छन् । बुधबारको म्यानमार भ्रमणका क्रममा लागरोभले त्यहाँ सैन्य लिडरसँग भेट गर्दै छन् ।

यस्तै उत्तर कोरियाले पनि पेलोसीको ताइवान भ्रमणलाई चीनको आन्तरिक मामिलामा अमेरिकाले गरेको ‘निरपेक्ष हस्तक्षेप’ भन्दै आलोचना गरेको छ।

उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले ताइवान 'चीनको अविभाज्य अंग' भएको बताउँदै भनेका छन्, 'ताइवानको मुद्दामा कुनै पनि बाह्य शक्तिको हस्तक्षेपको हामी घोर निन्दा गर्छौं र चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न चीन सरकारको न्यायपूर्ण अडानलाई पूर्ण समर्थन गर्छौं।'

प्रवक्ताले अघि भनेका छन्, 'वर्तमान स्थितिले स्पष्ट रूपमा देखाउँछ कि अन्य देशहरूको आन्तरिक मामिलामा अमेरिकाको निर्दयी हस्तक्षेप र यसको जानाजानी राजनीतिक र सैन्य उत्तेजकताहरू वास्तवमा यस क्षेत्रको शान्ति र सुरक्षाको मूल कारण हो।'

पेलोसीले भनिन्- ताइवानसँग अमेरिकी ऐक्यबद्धता महत्त्वपूर्ण, चीनले थाल्यो सैन्य अभ्यास

यस्तै इरानी विदेश मन्त्रालयले पनि अमेरिकी प्रतिनिधि सभाकी सभामुख पेलोसीको ताइवान भ्रमणको निन्दा गर्दै यो चीनको क्षेत्रीय अखण्डताको उल्लङ्घन भएको र संयुक्त राष्ट्र संघको बडापत्रको विरुद्धमा रहेको बताएको छ।

'इरानको इस्लामिक गणतन्त्रले आफ्नो विदेश नीतिको आधारका रूपमा देशहरूको क्षेत्रीय अखण्डताको सम्मानलाई हेर्छ र यस ढाँचामा एक चीन नीतिको समर्थन निर्विवाद छ,' विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भनेका छन् ।

चीनको विरोधका बावजुद पेलोसी मंगलबार राति ताइवानमा उत्रेकी थिइन् । उनले आज बिहानैदेखि त्यहाँ राष्ट्रपति साई इंग वेनलगायतसँग भेटवार्ता गरेकी छिन् । चीनले आफ्नो सैन्य गतिविधि बढाएको छ भने ताइवान स्ट्रेटमा तनाव बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ