arrow

ब्यूरोले रोक्यो उड्न लागेको विमान, दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
nepal-airline-aa.jpeg

काठमाडौं । नेपाल एयरलाइन्सको जहाजबाट मुम्बई जान लागेका दुई जनालाई नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ । 

ढोका बन्द भएर उड्न लागेका एयरलाइन्सको जहाज रोकेर ब्यूरोले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्ति सुन व्यवसायमा संलग्न सन्तोष लामिछाने र मिना लामिछाने रहेको प्रहरीले जनाएको छ । 

सन्तोष सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी सङ्घमा समेत आबद्ध छन् । 

उनी सुनचाँदी व्यवसायीहरूको टोलीसँग मुम्बई घुम्न जान लागेका थिए । 

उनको कारोबारमाथि शङ्का लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ