arrow

एकै दिन नौ सय १५ जनामा कोरोना पुष्टि, परीक्षणको १९ प्रतिशत बढीमा संक्रमण

आईसीयू र भेन्टिलेटरमा रहेका गम्भीर प्रकृतिका बिरामीको संख्यामा वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
corona-virus-covid-19.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा पीसीआर विधिबाट ३ हजार ९१ नमूनाको परीक्षण गर्दा ५ सय ९० जनामा र एन्टीजेन विधिबाट २९११ जनाको नमूना परीक्षण गर्दा ३२५ गरी ६००२ नमूनाको परीक्षण हुँदा ९१५ जानमा संक्रमण पुष्टि भएको हो ।

पीसीआर परीक्षणबाट मात्रै १९ प्रतिशत बढीमा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअवधिमा ३०१ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ४ सय ३३ पुगेको छ ।

देशभर ४३ जनाको आईसीयू र २ जनाको भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।



नयाँ