arrow

पोखरामा सवारी दुर्घटना, एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
Accident-sign.jpg

पोखरा । पोखरामा बुधबार बिहान सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ घर भइ हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन् ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ३८२५ नम्बरको बसले बिहान ८ बजे सभागृहचोकमा ठक्करदिंदा तिलिजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ