arrow

विप्लवलाई पक्राउ पुर्जी : बुढामगरले भने- राज्यले हामीलाई जङ्गलतिर खेद्ने रे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
Biplav-prakanda-biplap.jpg

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लवका नेता कार्यकर्तालाई ललितपुर जिल्ला अदालतले  पक्राउ पुर्जी जारी गरेसँगै विप्लव माओवादीका नेताहरूले राज्यले आफूहरूलाई जङ्गलतिर खेद्न खोजेको आरोप लगाएका छन् । 

नेकपा विप्लव माओवादीका सचिवालय सदस्य सन्तोष बुढामगरले विप्लवको नाममा काटिएको पक्राउ पुर्जीप्रति आपत्ति जनाएका छन् ।  उनले आफ्ना सम्पूर्ण मुद्धाहरु खारेज गर्न र  पक्राउ परेकाहरूलाई रिहाइ गर्न राज्यसँग अपिल गरे । 

बुढामगरले राज्यले आफूहरूलाई जङ्गलतिर खेद्न खोजेको बताएका छन् ।  उनले भने “योजनाबद्ध तरिकाले ३ बुँदेलाई उल्लघङन गरेर उनीहरू हामीलाई उनीको भाषामा हामीलाई जङ्गलतिर खेद्ने रे । हामीलाई जङ्गलतिर खेद्न खोजिरहेका छन् । तर, हाम्रो पार्टी जङ्गलतिर होइन । हाम्रो पार्टी काठमाडौंको विशाल जङ्गलमा बस्छ ।”

अदालतले सोमबार नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव), प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरू विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । 

हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ