arrow

कोशी ब्यारेजका ४१ ढोका खोलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
saptakoshi-badhi.jpg

इनरुवा । कोशी ब्यारेजका ४१ ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये अहिले ४१ ढोका खोलिएका हुन् ।

सप्तकोशीमा आज बिहान ८ बजेको मापनअनुसार दुई लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ ।
 
गए राति कोशी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो । 

कोशी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ गएको भए पनि कोशी ब्यारेजबाट पानीको बहावमा भने उतारचढाव हुने क्रम जारी रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यादवले बताए । 

सप्तकोशीमा पानीको बहावमा भइरहेको उतारचढावका कारणले श्रीलङ्का टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमिन कटान थालेको प्रजिअ यादवले जानकारी दिए । 

कटान गरेको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ । स्थानीयवासीलाई तयारी अवस्थामा बस्नका लागि समेत सूचना जारी गरिएको प्रजिअ यादवले बताए । 

कोशीबाट कुनै किसिमको मानवीय क्षति तथा अन्य क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले अपनाउनुपर्ने सबै सावधानीका उपाय अवलम्बन गरिएको उनले बताए । 



नयाँ