arrow

‘दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
tilganga-chamatkarle-pariwartit-jiwanharu.jpg

काठमाडौं । विगत ३० वर्षदेखि अनवरत रुपमा नेपाल र विश्वमा अन्धोपन निवारण र नियन्त्रण गर्न पुर्याएको योगदानको कदर स्वरुप तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको सम्मान गर्दै नेपाल स्थित अष्ट्रेलियाली दूतावासको सहयोगमा रिलेटिभ नेपाल र सारंगी सोसल इन्टरप्राइजेजले संयुक्त रुपमा ‘दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु’ शीर्षकको भित्तेचित्र निर्माण गरेको छ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले संयुक्त रुपमा अनावरण गरे । 

यो भित्तेचित्रको मुख्य सन्देश उपचार भएमा धेरै प्रकारका अन्धोपनहरु निवारण गर्न सकिन्छ भन्ने रहेको छ । यसका साथै मिथिला कलाकृतिबाट पुनः प्रयोग योग्य प्लाष्टिकका बोतलहरु रेसाबाट निर्मित चश्माका खोलहरु बनाएर स्थानीय रोजगारी श्रृजना गर्ने र सो उत्पादनलार्ई विश्वव्यापी रुपमा बेच्ने लक्ष्य रहेको छ । 

जसले गर्दा नेपालमा भएका आँखा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धीहरुको   विश्वव्यापी प्रचारप्रसारमा थप सहयोग पुग्नेछ । विश्वव्यापी पहँुचले अमुर्त नेपाली कला संस्कृतिको साथसाथै मिथिला कला र कलाकारहरुलाई सशत्तः बनाउन पनि ध्यानाकर्षित गर्नेछ । 

जनकपुरबाट मिथिला चित्रकारहरु निर्मला झा, राजकुमारी सिंह र अन्जिना यादवले तयार गर्नुभएको यो भित्तेचित्रले तिलगंगा आँखा प्रतिष्ठानले नेपालभर दृष्टिमा समस्या भएकाहरुको जीवनमा पारेको प्रभावको प्रतिनिधित्व गर्दछ । 

यो काम केही दुर्गम स्थानहरुमा गरिने आँखा शिविरहरु बाट सुरु हुन्छ जहाँबाट बिरामीहरु तिलगंगा सम्म आई पुग्छन र उपचार पश्चात खुसी भएर आफ्नो गाँउमा फर्कन्छन् र यसरी तिलगंगा आँखा प्रतिष्ठानले बिरामीहरुको र उनीहरुको स्याहार गर्ने व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गर्दछ ।

मिथिला चित्रकारद्धय राजकुमारी सिंह र अन्जिना यादव आँखाको समस्याबाट गुज्रिएर उपचारपश्चात आँखा देख्ने सक्ने भएका चित्रकारहरु हुन् । चित्रकार सिंहका अनुसार मोतिविन्दु भएर चित्रकला कार्यमा धेरै गाह्रो भएको र शल्यक्रियापश्चात अहिले एकदम सहज भएको छ । त्यस्तै अर्का चित्रकार यादवको पनि अनुभव रहेको छ । त्यसैले यस चित्रमा उनीहरुले आँखाको महत्वलाई यसरी चित्रित गराउँन पाउँदा खुशी लागेको बताउँछन् । 

सारंगी सोसल इन्टरप्राइजेजले गन्र्धव समुदाय र जनकपुरका मिथिला कलाकारहरुसँग मिलेर परम्परागत कला र संगितको प्रवर्दन र संरक्षण गर्ने काम गर्नुका साथै स्थानीय सांस्कृतिक परम्पराहरुको संरक्षण, प्रवद्र्धन र २१ औं शताब्दीमा सान्दर्भिक बनाउन प्रयासरत रहेको एक गैर नाफामुखी संस्था हो । 
 


  


 
 
 



नयाँ