arrow

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुने भएको छ । सरकारले निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने घोषणा गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते आइतबार एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।

सरकारले एक सय सात दिनको अवधि राखेर निर्वाचनको मिति घोषणा गरेको हो । यसअघि निर्वाचन आयोगले एक महिनाअघि नै एक सय २० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित  निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । 

यसअघि सरकारले पटक पटक निर्वाचनको मिति तय गर्ने सम्बन्धमा विभिन्न दलका नेताहरुसँगै सत्ताधारी दलका नेताहरुसँग छलफल गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार साँझमात्रै सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

आयोगले मंसिर १० गतेभन्दा ढिला नगर्न पनि सरकारलाई आग्रह गरेको थियो । आयोगले त मंसिर २ कै मिति तोकेर पठाएको थियो । तर सरकारले भने मात्र दुई दिन ढिला गरी निर्वाचनको मिति तय गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ