arrow

मेयर प्रशान्तको छड्के निरीक्षण, उपमहानगरपालिकाकै ३२ कर्मचारी गयल 

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ साउन १९ बिहिबार
nepaljung-upamahanagarpalika-board.jpg

नेपालगञ्ज । आकस्मिक छड्के निरीक्षणमा नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु एक साथ ठूलो सङ्ख्यामा गयल भएको पाइएको छ । गयल रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपपमेयर कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले आज उपमहानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनुगमन गर्दा ३२ जना कर्मचारीहरुले हाजिरी नगरेको पाइएको हो ।

मेयर विष्टका अनुसार बिहीबार बिहान १०।२० बजे हाजिरी रजिष्ट्रर छडके गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित पाइएको हो । उनीहरु मध्ये अधिकांश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन् । यसैगरी पाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित पाइएको हो ।

मेयर विष्ट सहितको टोलीले दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिति जनाउन निर्देशन दिएको छ । पहिलो चरणमा हाजिरी छड्के गरेको नगर प्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनुगमन गर्ने जनाएको छ ।

नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहिवार  आकस्मिक रुपमा कर्मचारीको पनि हाजिरीको अनुगमन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ