arrow

मतदाता नामावली संकलन बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
election-commission167.jpg

काठमाडौं । निर्वाचन आयोगले बिहीबार (आज) साँझ ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको आयोगका सहायत प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली बन्द गरिने अर्यालले जानकारी दिए । गत १ असारबाट सुरु गरिएको मतदाता नामावली साँझ५ बजेबाट बन्द हुन लागेको हो । 

यो अवधिमा करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएका छन् । साथै आयोगमा दर्ता भएका राजनीतिक दलका लागि दल दर्ता प्रक्रिया पनि चाँडै शुरु गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।

 ‘एक हप्ता समय दिएर आयोगमा दर्ता भइसकेका दलका लागि दल दर्ता प्रक्रिया चाँडै थाल्नेछौँ,’ अर्यालले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ