काठमाडौं । सिरियामा भएको आक्रमणमा इस्लामिक अतिवादी समूह आईएसका प्रवक्ता अबु मोहमद अल अदनानी मारिएका छन् ।
सिरियाको एलेप्पो शहरमा भइरहेको सैन्य हमलाको जवाफी कारबाहीमा अरदानी मारिएको आईएस नजिकको मिडियालाई उधृत गर्दैै बीबीसीले पुष्टि गरेको छ ।
अदनानी आईएसका लागि प्रभावशाली नेता मानिन्थे । गत मे मा सिरियाबाट भिडियो सन्देश प्रवाह गर्दै अदनानीले पश्चिमा राष्ट्रहरुमाथि आक्रमण गर्न मुस्लिम समुदायलाई अपीलसमेत गरेका थिए ।
अदनानीलाई युरोपलगायत अन्य मुलुकमा गरिएका आक्रमणको मुख्य योजनाकार मानिएको छ ।
सिरियाकै नागरिक अदनानी सन् २००३ मा र्इराकमा भएको अमेरिकी हमलामा अमेरिकाको विरोध गर्ने पहिलो विदेशी लडाकु थिए ।