arrow

जी-७ को वक्तव्यलाई लिएर चीनले जापान र युरोपेली कूटनीतिज्ञलाई बाेलायाे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
china-military-drills.jpg

काठमाडौं । चीनले जी-७ राष्ट्रहरुले आफ्नो सैन्य अभ्यासको आलोचना गर्दै जारी गरेको विज्ञप्तिको विरोध गर्न बेइजिङस्थित जापानी राजदूत र युरोपेली कूटनीतिज्ञहरूलाई बोलाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री देङ लीले वक्तव्यमा उल्लेखित कुरालाई  गलत भन्दै चीनको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप भएको भनी आपत्ति जनाएका छन् ।

बिहीबार चीनले जी-७ ले जारी गरेको विज्ञप्तीको विरोध स्वरुप जापानसँगको विदेश मन्त्रीको बैठक रद्द गरेको थियो । जी-७ र ईयूले जारी गरेको विज्ञप्तिमा चीनको सैन्य अभ्यासलाई बेइजिङलाई एकपक्षीय रूपमा यथास्थिति परिवर्तन गर्ने प्रयास भन्दै टिप्पणी गरिएको थियो ।

चीनले ताइवानमा हानेका मिसाइल कति शक्तिशाली हुन् ?

यसबीच चीनले आज आफ्नो दोस्रो दिनको सैन्य अभ्यास शुरु गरेको छ । उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार शीर्ष एसियाली कूटनीतिज्ञहरू सँगको बैठकमा न्यान्सी पेलोसीको भ्रमणप्रति चीनको प्रतिक्रिया स्पष्ट रूपमा उत्तेजक भएको टिप्पणी गरेका छन् ।

यस्तै ताइवान रक्षा मन्त्रालयले स्थितिको निगरानी गर्नका लागि विमान र पानी जहाज पठाएको र भूमिमा आधारित क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको जनाएको छ ।

चीनले ताइवान वरपर गर्‍यो अहिलेसम्मकै ठूलो सैन्य अभ्यास, जी-७ राष्ट्रले निकाले वक्तव्य 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ