arrow

चीनले ताइवानमा हानेका मिसाइल कति शक्तिशाली हुन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
Dongfeng-ballistic-missiles-china-taiwan.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान स्ट्रेटमा तनाव चर्किएको छ । चीनले बिहीबारदेखि आइतबारसम्म लाइभ फायरिङसहितको जल र वायु सैन्य अभ्यास जारी राखेको छ ।

चीन-ताइवान तनावको कारण के हो ?

चिनियाँ जनमुक्ति सेना (पिपुल्स लिबरेसन आर्मी)ले दिउँसो १ बजेर ५६ मिनेटदेखि ४ बजेसम्मको अवधिमा ताइवानको उत्तर, पूर्व र दक्षिणी जल क्षेत्रमा ११ वटा डोङफेङ ब्यालिस्टिक मिसाइल प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सन ली फाङले ती मिसाइलहरू जमिनबाट प्रहार गरिएको बताएका छन् ।

राजनीतिक हिसाबले अमेरिकी सभामुख राष्ट्रपति र उपराष्ट्रपतिपछि तेस्रो दर्जाकी नेतृ हुन् । एक चीन नीतिमा प्रतिबद्ध अमेरिकाले ताइवानमा उच्चस्तरीय राजनीति भ्रमण गरेको विरोध चीनले गरेको हो । 

ताइवानमा तनाव: चीनले कयौं ब्यालेस्टिक मिसाइल हान्यो, अन्तर्राष्ट्रिय उडान बन्द

यसअघि सन् १९९७ मा तत्कालीन अमेरिकी सभामुख न्यूट गिंगरिचले ताइवानको भ्रमण गरेका थिए । २५ वर्षपछिको अमेरिकी उच्च स्तरीय भ्रमणको विरोधमा चीनले सैन्य गतिबिधि बढाउँदै मिसाइल प्रहार गरेको हो ।

कति शक्तिशाली छन् डोङफेङ ब्यालिस्टिक मिसाइल?

चिनियाँ पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पूर्वी थिएटर कमाण्डले सामाजिक सञ्जालमार्फत लामो दूरीको सशस्त्र लाइभ फायर प्रेसिजन मिसाइल हमलाहरू चुनिएका लक्ष्यहरूमा प्रहार गरिएको र ताइवान स्ट्रेट को पूर्वी क्षेत्रमा अपेक्षित नतिजा हासिल भएको उल्लेख गरेको छ ।

पीएलएको रकेट फोर्सद्वारा प्रहार गरिएका यी मिसाइलहरू डोङफेङ डीएफ-१५बी (Dongfeng 15 'DF-15') भर्जनका हुन् । सोभियत संघको सहयोगमा शीतयुद्धको समयमा विकास गरिएको डीएफ दायराको यो मिसाइल चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशनको रकेट मोटर टेक्नोलोजीको एकेडेमीले बनाएको हो ।

के चीन ताइवानमाथि आक्रमण गर्ने तयारीमा छ ?

ग्लोबल सेक्युरिटीका अनुसार डीएफ-१५ मिसाइल पहिलो पटक सन् १९८० को दशकमा देखा परेको थियो । यो सिंगल स्टेज, सोलिड फ्युल र छोटो दायराको ब्यालिस्टिक मिसाइल हो । जुन यूएस पर्शिङ रकेटहरू जस्तै देखिने डीएफ-१५ यसैभित्र वारहेडमा राखिएको परिष्कृत मार्गदर्शन प्रणालीमा निर्भर हुन्छ ।

मोबाइल ट्रान्सपोर्टबाट टाढै प्रहार गर्न सकिने यो मिसाइलको लम्बाई ९.१ मिटर रहेको छ भने, यसको दायरा ६ सय किलोमिटर रहेको छ । ५०० किलो पेलोड क्षमता रहेको यो मिसाइल खास गरी सटिक र सानो लक्ष्यमा प्रहार गर्न प्रयोग हुन्छ ।

परम्परागत विस्फोटकहरू बोक्नको लागि मात्रै डिजाइन गरिएको भए पनि यो मिसाइल आणविक वारहेड (मब) बोकेर लक्ष्यमा प्रहार गर्नसक्ने क्षमताको हुनसक्ने बिश्लेषकहरुको भनाइ छ । डीएफ भर्जनका अन्य मिसाइलहरु आणविक वारहेड बोक्न सक्षम छन् ।

न्यान्सी पेलोसीले छोडिन् ताइवान

यो मिसाइलको प्रत्यक्ष प्रहारले ३० देखि ५० मिटर व्यासको खाडल बनाउन सक्छ । यसअघिको ताइवान संकटका बेला यस्तै किसिमको डीएफ१५ मिसाइल सन् १९९५ को जुन र सन् १९९६ को मार्चमा चीनको फुजियानबाट ताइवानको जल क्षेत्रमा प्रहार गरिएको थियो ।

ताइवानलाई सजिलै घेरा हाल्न सक्छ चीन

चीनले अहिलेको सैन्य अभ्यासबाट देखाउन खोजेको कुरा उसले ताइवानको बाहिरि विश्वसँगको सम्पर्क सजिलै कट गर्न सक्ने हो भन्ने बिश्लेषकहरुको भनाइ छ । चीनले ताइवानको चारैतिर ६ ठाउँमा गरिरहेको सैन्य अभ्यासले यो बिषयलाई झनै पुष्टि गरेको उनीहरुको तर्क छ।

ताइवानको नेशनल डिफेन्स युनिभर्सिटीका प्रोफेसर मा चेन कुनले चीनको वर्तमान गतिविधिको उद्देश्य बाहिरी संसारसँग देश(ताइवान)को सम्बन्ध तोड्न र सेनाको अवतरणलाई सहज बनाउन सटीक हतियारहरू प्रयोग गर्ने आफ्नो सेनाको क्षमता देखाउनु भएको बताएका छन् ।

चिनियाँ राजदूतले भनिन्- एक चीन नीतिमा नेपालको समर्थन कायमै रहने विश्वास छ

रुस, इरान र उत्तर कोरियाद्वारा पेलोसीको ताइवान भ्रमणको निन्दा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ