arrow

प्रचण्ड जापान जाँदै, पाँच दलीय गठबन्धनबाट भ्रमण सफलताको कामना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
prachanda-final1.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जापान जाँदैछन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो । 

‘आज राति १० बजे प्रचण्डज्यू जापान जाँदै हुनुहुन्छ । उहाँको जापान भ्रमणको सफलताको कामना गठबन्धन गरेको छ,’ बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

यही बैठकले पाँच दलबीच चुनावी तालमेल गर्ने निर्णयसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ