arrow

सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले बनायो कार्यदल [विवरणसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । 

उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई–दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका उनले जानकारी दिए । 

यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका भुसालले जानकारी दिए । 

कार्यदलको बैठक चाँडै बस्ने उनले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ