arrow

सिजी डिजिटल र एलजी सपि शोरुमहरू देशभर विस्तार गर्दै चौधरी ग्रुप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
cg-lg-showroom-chaudhayr-group-2022.jpg

काठमाडौँ। नेपालकै सबैभन्दा ठूलो प्रिमियम मल्टी ब्रान्ड इलेकट्रोनिक्स तथा चौधरी ग्रुपको आफ्नै सिजी डिजिटल र एलजी सपि शोरुमहरू देशभरि नै बिस्तार भई रहेको छ। यस सिजी डिजिटल तथा एलजी सपि शोरुम हरूले सिजी इलेकट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू एलजी सिजी, गोद्रेज, टिसिएल, सेन्साई, केन्ट, पिजन, एलिका, ब्ल्याक प्लस डेकर, बेको, माईडिया र  क्रमटन जस्ता ब्राण्डका एक हजार भन्दा बढी घरायसी उपकरण बिक्री वितरण गर्दछ।

कम्पनीको स्वामित्वमा रहेको सबै भन्दा ठूलो प्रिमियम इलेकट्रोनिक्स सिजी डिजिटल तथा एलजी सपि शोरुम हरूमा हरेक सामान खरिद गर्दा विशेष छुट प्रदान गर्दै आइरहेको छ भने ग्राहक वर्गहरूको सुविधालाई मध्य नजर गर्दै देशभरि फ्री डेलिभरी उपलब्ध छ।

सामान बेचिसकेपछि आफ्टर सेल्स सर्भिस , फ्री माइक्रोवेभ कुकिङ क्ल्यास माइक्रोवेभ ओभन किने पछि कसरी चलाउने सिकाइन्छ तथा वासिङ मेसिन को पनि फ्री डेमो अथवा वासिङ मेसिन कसरी चलाउने भन्ने लुगा धोएर नै सिकाइन्छ। त्यस्तै गरी डिसवासर कसरी चलाउने भन्ने लाइभ डेमो गरेर नै देखाइन्छ।

त्यसै गरी ० प्रतिशत किस्ताबन्दीमा सजिलै सँग सामान किन्न सकिन्छ। त्यस्तै अन्य सुविधाहरू एक्सचेन्ज अफर, लोयल्टी प्रोग्राम छन्। लोयल्टी प्रोग्राम अन्तर्गत हरेक सामानको खरिदमा अझै थप अफरहरू प्राप्त गर्न सकिन्छ।

पीएमएसको सुविधा अन्तर्गत सिजी डिजिटल तथा एलजी सपि शोरुम हरूबाट वासिङ मेसिन वा फ्रिज खरिद गर्दा नियमितरुपले निवारक मर्मतका लागि ग्राहकहरूको ढोका ढोकामा पुगी हाम्रो सेवा टोलीले नियमित रूपमा निःशुल्क सेवा प्रदान गर्दछ जसले गर्दा उपकरणहरू लामो समयसम्म टिक्दछ।

नेपालको सबैभन्दा ठूलो प्रिमियम मल्टी ब्रान्ड इलेकट्रोनिक्स तथा चौधरी ग्रुपको आफ्नै सिजी डिजिटल र एलजी सपि शोरुम हरू काठमाडौँको मुख्य स्थानहरूमा १७ ओटा छन् भने काठमाडौँ भन्दा बाहिर विराटनगर, इटहरी, हेटौडा र भरतपुर चितवनमा खुलिसकेको छ।

सिजी इलेकट्रोनिक्सका घरायसी सामानहरूमा ग्राहकहरूले देखाएको विश्वास र चाहनाले गर्दा कम्पनीले नेपालको सबैभन्दा ठूलो प्रिमियम शोरुम सिजी डिजिटल तथा एलजी सपि का आउटलेटहरू देश भर विस्तार गर्दै जाने र यो निरन्तर रूपमा आगामी दिनहरूमा पनि बढाउँदै लैजाने तथा ग्राहक वर्ग नजिक पुग्ने कम्पनीको लक्ष्य रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ