arrow

कोरोनाका नौ सय बाह्र संक्रमित थपिए, निको हुने कम, एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको चौथो लहर तीव्र रुपले बढिरहेको छ । शुक्रबार ९१२ संक्रमित थपिएका छन् । जसमा पीसीआरबाट पत्ता लागेका ५२९ तथा एन्टिजेनबाट पत्ता लागेका ३८३ जना हुन् । 

निको हुने दर भने निकै कम छ । शुक्रबार मात्र ३७० जना कोरोनामुक्त भएका छन् । थप एक जनाको मृत्यु भएको छ । खोप लगाउने क्रम तीव्र नै भए पनि पछिल्लो २४ घण्टाको विवरण भने प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोनाका सक्रिय संक्रमित बढेर ५ हजार ७६० पुगेका छन् । 

अहिलेसम्म कोरोनाबाट ११ हजार ९७० जनाको मृत्यु भइसकेको छ । पीसीआरबाट ९ लाख ८९ हजार ३५० जना तथा एन्टिजेनबाट १ लाख ४४ हजार १७५ जना संक्रमित भएका छन् । 

शुक्रबार थपिएका संक्रमितमा पीसीआरका मात्र गन्दा काठमाडौंका ३२१, ललितपुरका ५४ तथा भक्तपुरका १५ जना हुन् । 

उपत्यकामा सक्रिय संक्रमितको पारो पनि बढेको छ । काठमाडौंमा ३ हजार १६९, ललितपुरमा ७४५ तथा भक्तपुरमा ९४ पुगेका छन् । 

आईसीयूमा रहने बिरामीको संख्यामा पनि वृद्धि भएको छ । हाल ४२ जना आईसीयूमा छन् । जसमा बागमती प्रदेशका मात्र ३४ जना हुन् । त्यस्तै दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ