arrow

उन्नती कल्चरल भिलेजको ‘आधारभूत कला व्यवस्थापन’ तालिम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
unnati-cultural-village-training-chaudhary-group.jpg

काठमाडौं । उन्नती कल्चरल भिलेजले तीन दिने ‘आधारभूत कला व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । अगस्त १ देखि ३ तारिखसम्म ललितपुरको होटल भिभान्तामा उक्त तालिमको आयोजना गरिएको थियो । 

उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेसनको नेपाली कला, शिल्प, साहित्य र खानाको प्रवद्र्धन गर्दै दिगो सामाजिक विकास तर्फ केन्द्रित एउटा सामाजिक अग्रसरकर्ता हो ।

चौधरी फाउण्डेसनले कला र सिर्जनशील क्षेत्रका प्रबन्धकहरुको क्षमता निर्माण र नेटवर्किङको लागि प्रतिबद्ध आर्टथिङ्क साउथ एसियासँगको सहकार्यमा आयोजना गरेको उक्त तालिममा झण्डै  तीन दर्जन सहभागी थिए । 

सो अवसरमा कला व्यवस्थापन, कलामा रणनीतिक योजना, संगठनात्मक पहिचान – भिजन र मिशन, कलाको बजारीकरण, कला बजारीकरणका उद्देश्य र रणनीतिहरू, मानव संशाधन व्यवस्थापनको महत्व, संगठनात्मक नीतिहरू र कला तथा सांस्कृतिक क्षेत्रमा कोष संकलनलगायत विभिन्न विषयहरुमा अन्तरक्रिया र सत्रहरु संचालन गरिएको थियो । 

कला प्रबन्धकको रूपमा चार दशकको अनुभव संगालेका आर्टथिङ्क साउथ एसिया र खोज भारतकी पूजा सुद र रुचिरा दासले सहभागीहरुलाई सहजकर्ताको भूमिका निभाएकी थिइन् । 

‘रणनीतिक योजना र मार्केटिङ मोडल दुवै मेरो लागि धेरै सान्दर्भिक थिए’ एक सहभागीले भने, ‘मेरा अघिल्लो परियोजनाहरूमा भएका गल्तीहरु बल्ल महसुस भयो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ