arrow

नुवाकोट केन्द्रबिन्दू भएर बिहानै गयो ५.३ रेक्टर स्केलको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
earthquake-final.jpeg

काठमाडौं । बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ः२६ बजेको समयमा नुवाकोट केन्द्रबिन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन् । 

विदूर नगरपालिकाको मदनपुरमा उक्त भूकम्पको केन्द्रबिन्दू रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

उक्त भूकम्पको धक्का नुवाकोटसहित वरिपरिका जिल्लासँगै काठमाडौं उपत्यकालगायतमा महसुस भएको थियो। थप विवरण आउन बाँकी रहेको छ ।

पछिल्लो समय फाटफुट भूकम्पको धक्का महसुस भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ